Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चीनलाई ट्रम्पको अर्को प्रहार


    आइतबार, बैशाख ७ २०७७
    820
    Shares
  • ३ मिनेट पाठ
  • एजेन्सी, ७ बैशाख । अमेरिकाका केही मानिसमा कोरोना भाइरस संक्रमण देखिएपछि अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले चिनियाँ भाइरसको संज्ञा दिएका थिए । चिनियाँ भाइरस भनेर उनले चीनलाई चिढ्याउने काम गरेका थिए । भाइरस विश्वकै मानवजातिको शत्रु भए पनि उनले चीनको वुहान सहरमा पहिला देखिएकाले चिनियाँ भाइरसको संज्ञा दिएका थिए । यद्यपि पछि उनले चिनियाँ राष्ट्रपति सिचिनफिङसँगको वार्तालापमा उक्त अभिब्यक्तिप्रति माफीसमेत मागेको कुरा सार्वजनिक संचारमाध्यममा आएको थियो । 
     अहिले फेरि ट्रम्पले कोरोना भाइरस महामारीका लागि चीन जिम्मेवार देखिए उसले त्यसको परिणाम भोग्ने चेतावनी दिएका छन् । ट्रम्प र वरिष्ठ सहयोगीहरूले चीन कोरोना भाइरसका बारेमा पारदर्शी नभएको भन्दै उसको तीखो आलोचना गर्दै आइरहेका छन् । चीनले मृत्यु हुनेको संख्या लुकाएको उनले दाबी गरेका छन् । अमेरिकामा भन्दा चीनमा बढी कोरोना संक्रमणले मृत्यु भए पनि वास्तविकता लुकाइएकोमा ट्रम्पले आक्रोस प्रकट गरेका हुन् ।

    ‘यदि त्यो गल्ती थियो, त्यो गल्ती हो । तर, उनीहरू यसबारेमा जानकार थिए भने त्यसको परिणाम भोग्नुपर्नेछ’, ट्रम्पले आफ्नो नियमित ब्रिफिङमा शनिबार भने । सो ब्रिफिङमा उनले अमेरिकाले के कदम चाल्छ भन्ने बारेमा भने केही बताएनन् ।

    यसै साता ट्रम्पले विश्व स्वास्थ्य संगठन चीनको पक्षपाती भएको भन्दै उसलाई दिने अमेरिकी सहयोग रोकेको घोषणा गरेका थिए । विश्वका यी दुई ठूला अर्थतन्त्रबीच कोरोना भाइरसलाई लिएर पटक पटक सार्वजनिक रुपमै आरोप(प्रत्यारोप हुँदै आएको छ ।

    दुबै देशबिच गत वर्ष केही समय चलेको व्यापारयुद्धपछि कृषि व्यापारका बारेको भएको पहिलो चरणको सहमतिलाई उल्लेख गर्दै ट्रम्पले ‘उनीहरूले यस्तो गर्दासम्म’ चीन–अमेरिका सम्बन्ध राम्रो भएको बताए ।

    उनले कोरोना भाइरसको महामारी ‘भुलवश’ नियन्त्रण बाहिर गएको थियो वा जानाजान गरिएको थियो’ भन्ने अहिलेको प्रश्न रहेको भनाइ राखेका छन् । ट्रम्पले सुरुमा कोरोना भाइरसमा चीनले गरेको नियन्त्रण प्रयासको खुलेर तारिफ गरेका थिए तर पछि उनी र उनका सहयोगीहरूले यसलाई ‘चिनियाँ भाइरस’को उपनाम दिएर विवाद निम्त्याएका थिए ।

    ट्रम्पले वुहान भाइरोलोजी प्रयोगशालाका बारेमा यसैसातामा अमेरिकी टेलिभिजन फक्स न्यूजले देखाएको रिपोर्टलाई उल्लेख गर्दै यस्तो बताएका हुन् । फक्सले यसै साता चीनले भाइरसको क्षमता र त्यससँग लड्नसक्ने आफ्नो क्षमता परीक्षण गर्न भाइरस फैलाएको रिपोर्ट प्रसारण गरेको थियो ।

    ट्रम्पले आफ्नो सरकारले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलाइएको हो कि होइन भन्नेबारेमा खोजी गरिरहेको बताए । शनिबारको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले पुनः भाइरसका कारण चीनमा भएको मृत्युमाथि उसले शुक्रबार पेस गरेको नयाँ तथ्यांकमा पनि शंका व्यक्त गरेका छन् ।

    यसअघि बेलायतले पनि चीनले कोरोना भाइरससम्बन्धी ‘कडा प्रश्नहरूको सामना गर्नुपर्ने’ बताएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार