Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरबारमा कार्यव्यवस्था समितिको बैठक जारी


    मंगलबार, फाल्गुन २० २०८१
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था समितिको बैठक जारी रहेको छ ।

    सिंहदरबारस्थित कानुन समितिको हलमा जारी बैठकमा प्रतिनिधिसभाको बुधबारको बैठकका लागि कार्यसूची बारे छलफल भइरहेको छ ।

    बुधबारको बैठकमा सरकारले यस अघि जारी गरेका पाँच अध्यादेश पेश गर्दै छ । सत्तारुढ दलकै विरोधका कारण सरकारले संसदको यस अधिवेशनको पहिलो बैठकबाटै स्वीकृत गराउने भनेका अध्यादेश अहिलेसम्म ल्याएको थिएन ।

    सोमबार बसेको सत्ता पक्षका दलहरुको बैठकले भुमीसम्बन्धि अध्यादेश बाहेक अन्य अध्यादेश संसदबाट स्वीकृत गराउन सहमति गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार