Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लोसपा रौतहटको संयोजकमा भरत साह मनोनयन


    मंगलबार, फाल्गुन २० २०८१
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रौतहट – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले रौतहटको जिल्ला संयोजकमा भरत साहलाई मनोनयन गरेको छ।

    लोसपाको अन्तरिम विधान प्रथम संशोधन अनुसार पुरानो जिल्ला संयोजकको स्थानमा भरत साहलाई मनोनयन गरिएको हो।

    पार्टी केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साहलाई संयोजकको जिम्मेवारी दिएको जनाएका छन्।

    भरत साह जिल्ला सदरमुकाम गौरका स्थानीयबासी हुन्। उनी २०७४ को स्थानीय निर्वाचनमा गौर नगरपालिका- १ का वडा अध्यक्षमा निर्वाचित भएका थिए।

    लोसपाले यसअघि स्थानीय कटहरिया नगरपालिका- २ का रामप्रवेश दास तत्मालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार