Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा नेपालले चैत २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने


    सोमबार, फाल्गुन १९ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले चैत २६ गते काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

    मिटर ब्याज र सहकारीबाट पीडितहरूलाई राहत प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, देशभित्र रोजगारी सिर्जना गर्न राप्रपा नेपालले जनपरिचालन र जनदबाब कार्यक्रम आयोजना गर्ने भएको छ ।

    जस अन्तर्गत १ चैतमा देशभरिका जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना र प्रदर्शन गरिने निर्णय भएको उनले बताए । उनका अनुसार ८ र ९ चैतमा हेटौंडामा मध्यमाञ्चल क्षेत्र स्तरीय भेला र प्रशिक्षण आयोजना गरिने छ ।

    यसैगरी १४ देखि १८ चैतसम्म काठमाण्डौ उपत्यकाका १० वटै क्षेत्र र पालिकाहरू समावेश हुने गरी “साँखु देखि चाँगुनारायण जनजागरण यात्रा” सञ्चालन गर्ने निर्णय राप्रपा नेपालले गरेको छ ।

    यसैगरी २२ चैतमा राष्ट्रिय सभा गृहमा संयोजित संगठन समन्वय विभागको आयोजनामा जनवर्गीय संगठनहरूको संयुक्त भेला आयोजना गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार