Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनमतले बोलायो केन्द्रीय समिति बैठक


    सोमबार, फाल्गुन १९ २०८१
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – जनमत पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । आज बसेको सचिवालय बैठकले आगामी आइतबार र सोमबार (फागुन २५, २६) बस्नेगरी केन्द्रीय समितिको बैठक आह्वान गरेको हो ।

    केन्द्रीय समिति बैठक महोत्तरीको पावन मिथिला होटलमा बस्ने तय भएको जनमत पार्टीले जनाएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टी गतिविधिबारे छलफल हुने जनमतले जनाएको छ । त्यस्तै मधेस प्रदेश समन्वय समितिको बैठक पनि बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार