Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस सभापति देउवा रुपन्देही पुग्दा शेखर कोइराला लागे विराटनगर


    सोमबार, फाल्गुन १९ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रुपन्देही पुगेका छन् । नेपाली कांग्रेस सूचना तथा सञ्चार विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन देउवा पत्नी आरजु राणा देउवाका साथमा आज (सोमबार) बिहान विमानमार्फत भैरहवा पुगेका हुन् ।

    देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी राणालाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायतले भैरहवा विमानस्थलमा स्वागत गरेका थिए । सभापति देउवाले प्रमुख अतिथिका रूपमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

    यसअघि कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले कास्कीको पोखरामा आयोजना गरेको थियो । देउवा रुपन्देही पुग्नुअघि नै कांग्रेस नेता डा।शेखर कोइराला भने विराटनगर हिँडेका छन् । उनी प्रशिक्षण कार्यक्रममा सहभागी हुने छैनन् ।

    पोखराको कार्यक्रममा नबोलाएको रिसमा सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा हुने प्रशिक्षणमा पनि शेखर सहभागी नहुने भएका छन् । शेखरको निजी सचिवालयले विराटनगरमा पहिल्यै कार्यक्रम तय भइसकेकाले सहभागी हुन नसकेको बताएको छ । तर शेखर भने १५औं महाधिवेशनमा सभापतिमा लड्ने तयारीस्वरूप पार्टी सभापति देउवाविरुद्ध गतिविधि गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार