काठमाडौं, ६ बैशाख । नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियुका संयोजक ऐन महरले आज कीर्तिपुरमा विद्यार्थीहरुलाई राहत बितरण गर्ने भनेर बोलाएका थिए । जुन राहत बितरण कार्यक्रमले उनलाई विवादमा तानेको छ ।
महरले राहत बितरण गर्ने भनेपछि कीर्तिपुरमा विद्यार्थीको भीड लाग्यो । सरकारले २५ जनाभन्दा बढी भेला नगर्न दिएको निर्देशन दिएको छ । तर कीर्तिपुरमा सयौंको संख्यामा जम्मा भए । जुन लकडाउनको उल्लंघन थियो । सरकारी निर्णयको उल्लंघन थियो । अध्यक्ष महरले राहत बितरण गर्न थाले । राहत बितरण गर्दै जाने क्रममा पुगेन । राहतका लागि सयौंको संख्यामा भेला भएका विद्यार्थीले राहत नपाएपछि त्यहाँ विवाद र होहल्ला भएको थियो । होहल्ला भएपछि राहत बितरणका लागि गएका संयोजक महर बीचैमा हिंडेका थिए । उनी गायब भएपछि झन् ठूलो होहल्ला र नाराबाजी भएको थियो । होहल्लामा सयौंको संख्यामा देखिएका विद्यार्थीले लकडाउनलाई नै चुनौती दिइरहेका थिए ।
राहतको खाद्यान्न ।
राहत बितरणका नाममा कीर्तिपुरमा विद्यार्थी भेला गरेर संयोजक महरले लकडाउनको उल्लंघन गरेको भनी सामाजिक संजालमा चर्को बिरोध भइरहेको छ । ब्यक्तिले यो महामारीमा राहत बाँड्ने होइन, स्थानीय निकाय वा सरकारी संयन्त्र मार्फत् बाँड्न सहयोग गर्नुपर्ने सुझाव पनि संयोजक महरलाई सामाजिक संजालमा दिइएको छ । राहत बितरणबारे सहसंयोजक रंजित तामाङलाई जानकारी थिएन । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षका विद्यार्थीनेता कसैलाई पनि खबर नगरी कार्यक्रम गरिएको थियो ।
अनेरास्ववियुका सहसंयोजक रंजित तामाङसँग कीर्तिपुरको राहत बितरण कार्यक्रम संगठनले राखेको हो भन्ने प्रश्न गर्दा उनले भने–‘अध्यक्ष ऐन महरले नै राखेकाले संगठनको होइन भन्न त मिलेन । तर सरसल्लाह र योजनाबद्ध हिसाबले भएको होइन । मलाई त थाहा पनि थिएन ।’
अनेरास्ववियुका नेता सुदेश पराजुलीले आपूmलाई संगठनले राहत बितरण गर्न लागेको जानकारी नभएको बताए । उनले भने, हामीलाई राहत बितरणबारे जानकारी छैन । अनेरास्ववियुले संस्थागत रुपमा उक्त राहत बितरण कार्यक्रम नराखेको सहसंयोजक तामाङ र केन्द्रीय सदस्य पराजुलीको भनाइबाट पनि स्पष्ट भएको छ ।
राहतको खाद्यान्न कहाँबाट ल्याइयो भन्ने प्रश्न पनि संगठनभित्रै उठेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend