Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रविसँग डिनर खाएर उडेको भोलिपल्टै मोहन थापा अमेरिकामा पक्राउ


    आइतबार, फाल्गुन १८ २०८१
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निकट मोहनजंग थापा अमेरिकामा पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्यसमेत रहेका लामिछाने गतहप्ता अमेरिकाका पेन्सिलभेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् । थापालाई अहिले फिलाडेल्फिया संघीय हिरासतमा राखिएको छ ।

    थापा गएको हप्ता सभापति लामिछानेको परिवार र रास्वपा नेता डीपी अर्याल, शिशिर खनालसहित नक्सालको एक रेष्टुुरेन्टमा डिनर गरी भोलिपल्ट अमेरिका उडेका थिए । कतार हुँदै अमेरिका पुगेपछि उनी पक्राउ परेका थिए ।
    अमरिकी आप्रवासन तथा भन्सार प्रबर्तन(आईएस)ले थापालाई पक्राउ गरेको बताइएको छ ।

    थापा अमेरिकी ग्रिनकार्ड होल्डर हुन् । उनी लामिछाने थुनामा पर्नेबित्तिकै नेपालमा आएर उनलाई धरौटीमा छुटाउन क्रियाशील थिए । पोखरादेखि भैरहवा हुँदै चितवनसम्म उनी रविलाई थुनामुक्त गराउन सक्रिय थिए ।

    अमेरिकामा थापाबिरुद्ध चेक बाउन्स, ठगीमा यसअघि नै कारबाही भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार