रौतहट । रौतहटका बिभिन्न सीमानाकाबाट तस्करी बढेको छ । पछिल्ला दिनमा सशस्त्र प्रहरी बलको गौर गुल्मबाटै तस्करीको लाइन चलाइएको समाचार प्राप्त भएको छ । भारतबाट कपडा, माछा, चिनी, खानेतेल, हार्डवेयर लगायतका सामान तस्करीको माध्यमबाट भित्रने गरेको छ भने नेपालबाट मदिरा सबैभन्दा बढी भारततर्फ लाने गरिएको छ । भारतको बिहार राज्य सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि तस्करहरूले नाकाबाट प्रत्येक दिन हजारौं कार्टुन मदिरा भारत पठाइरहेका छन् । बिहारमा मदिरा प्रतिबन्ध भएकाले नेपालका सीमाबाट तस्करीका माध्यमबाट जाने गरेको छ ।
सशस्त्रको बीओपी बेलबिछवा लक्ष्मीपुर, औरेया, बंकुल लगायतका नाकाबाट भन्सारछलीका कपडा, मदिरा ओसारपसार हुने गरेको छ । स्थानीयका अनुसार सीमाक्षेत्रमा साना पोके तस्करदेखि ठूला संगठित तस्करहरूको सक्रियता बढेको छ । तस्करीका सामान भित्रने क्रम बढ्दा कारण दैनिक लाखौं लाख भन्सार छली भइरहेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं ११ गण रौतहटका गणपति (एसपी)मा भर्खरै सन्तोष बस्नेत सरुवा भएका छन् । नयाँ एसपीका रुपमा बस्नेत सरुवा भएपछि पनि यी नाकाबाट अत्यधिक तस्करी बढेको समाचार छ । यसअघि बीरगंजमा कार्यरत रहिसकेका बस्नेतले सर्वसाधारणलाई ‘टाइट’ गरेको देखाएर तस्करहरूलाई सघाउने कार्यमा तल्लीन भएको स्रोतको दाबी छ । बस्नेत यसअघि भन्सार तथा राजस्व गुल्म बीरगंजका प्रमुख हुँदा पनि अनियमिततामा मुछिएका थिए ।
त्यस्तै गौर नाकाबाट सबैभन्दा बढी तस्करी हुने गरेको छ । राजेश पासवान, सेरागोल्ड, मुनिया, रोशन, बैरगनियाको रवि यादव, क्रान्ति लगायतले भन्सारछलीका कपडा भित्र्याउने गरेका छन् । त्यसैगरी, राकेशले माछा, मुकेशले कपडा ल्याउने गरेका छन् । अमरेन्दर जैसवाल र राधेशयाम, जितेन्द्र र गुडुले किराना सामान नेपाल ल्याउने गरेका छन् ।
औरैया नाकाबाट अमरजित साह र बबल सैनी कान्छाले सशस्त्र र प्रहरीको सेटिङमा सामान ओसारपसार गर्ने गरेका छन् । लक्ष्मीपुर बेलबिछवा नाकाबाट रुपेशले मदिरा भारत लैजाने र कपडा नेपाल भित्र्याउने गरेका छन् । सुरेशले हार्डवेयर र किराना सामान ल्याउने गरेका छन् ।
निरज जैसवाल, वीरेन्द्र सिंह र निरजु सिंहले मदिरा भारततर्फ तस्करी गर्दैआएका छन् । यी सबै ब्यापारीसँग सेटिङका लागि सशस्त्र प्रहरी सहायक हवल्दार नगिना साहलाई लगाइएको छ । दरबन्दी औद्योगिक गुल्म पथलैया बारामा भएका साहले प्रत्येक हप्ता बिदामा गौर आएर लाइन दिएका ब्यापारीसँग दररेट अनुसार घुस संकलन गरी एसपी बस्नेतलाई बुझाउने गरेको आरोप छ । गौर गुल्ममा कार्यरत अर्का सशस्त्र प्रहरी जवान कमलेस साहले पनि घुमुवाको समेत काम गर्दैआएका छन् ।
गौरमा संकलन गरिएको भन्सारछली गरी ल्याइएका चिनी, तेल लगायतका सामान ब्यापारी अमरेन्द्र जैसवालले दैनिक ३० देखि ४० डाँफे(सानो सवारी)मा गौर बसपार्कमा ल्याएर बसमा लोड गरी गरुडा र चन्द्रनिगाहपुर पुर्याउने गरेका छन् । प्रत्येक बसमा २ डाँफेमा ल्याएको सामान लोृड गरेर लाने गरिएको छ । एउटा डाँफेमा ३५ देखि ४० हजार रुपैयाँ बराबरको सामान अटाउँछ ।
यसअघिका रौतहटको ११ नम्बर गणका एसपी विक्रम हुमागार्इंले गत वर्ष पक्राउ गरिएका सामानको विवरणसमेत दिएर मिडियाबाजी गर्दै सशस्त्रको बाहिनीदेखि मुख्यालयसम्मलाई भ्रम पारी मातहतका गुल्म र बीओपीबाट तस्करीको लाइन चलाएको आरोप लागेको थियो ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend