Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहटमा तस्करी बढ्यो


    शुक्रबार, फाल्गुन १६ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • रौतहट । रौतहटका बिभिन्न सीमानाकाबाट तस्करी बढेको छ । पछिल्ला दिनमा सशस्त्र प्रहरी बलको गौर गुल्मबाटै तस्करीको लाइन चलाइएको समाचार प्राप्त भएको छ । भारतबाट कपडा, माछा, चिनी, खानेतेल, हार्डवेयर लगायतका सामान तस्करीको माध्यमबाट भित्रने गरेको छ भने नेपालबाट मदिरा सबैभन्दा बढी भारततर्फ लाने गरिएको छ । भारतको बिहार राज्य सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि तस्करहरूले नाकाबाट प्रत्येक दिन हजारौं कार्टुन मदिरा भारत पठाइरहेका छन् । बिहारमा मदिरा प्रतिबन्ध भएकाले नेपालका सीमाबाट तस्करीका माध्यमबाट जाने गरेको छ ।

    सशस्त्रको बीओपी बेलबिछवा लक्ष्मीपुर, औरेया, बंकुल लगायतका नाकाबाट भन्सारछलीका कपडा, मदिरा ओसारपसार हुने गरेको छ । स्थानीयका अनुसार सीमाक्षेत्रमा साना पोके तस्करदेखि ठूला संगठित तस्करहरूको सक्रियता बढेको छ । तस्करीका सामान भित्रने क्रम बढ्दा कारण दैनिक लाखौं लाख भन्सार छली भइरहेको छ ।

    सशस्त्र प्रहरी बल, नेपाल नं ११ गण रौतहटका गणपति (एसपी)मा भर्खरै सन्तोष बस्नेत सरुवा भएका छन् । नयाँ एसपीका रुपमा बस्नेत सरुवा भएपछि पनि यी नाकाबाट अत्यधिक तस्करी बढेको समाचार छ । यसअघि बीरगंजमा कार्यरत रहिसकेका बस्नेतले सर्वसाधारणलाई ‘टाइट’ गरेको देखाएर तस्करहरूलाई सघाउने कार्यमा तल्लीन भएको स्रोतको दाबी छ । बस्नेत यसअघि भन्सार तथा राजस्व गुल्म बीरगंजका प्रमुख हुँदा पनि अनियमिततामा मुछिएका थिए ।

    त्यस्तै गौर नाकाबाट सबैभन्दा बढी तस्करी हुने गरेको छ । राजेश पासवान, सेरागोल्ड, मुनिया, रोशन, बैरगनियाको रवि यादव, क्रान्ति लगायतले भन्सारछलीका कपडा भित्र्याउने गरेका छन् । त्यसैगरी, राकेशले माछा, मुकेशले कपडा ल्याउने गरेका छन् । अमरेन्दर जैसवाल र राधेशयाम, जितेन्द्र र गुडुले किराना सामान नेपाल ल्याउने गरेका छन् ।

    औरैया नाकाबाट अमरजित साह र बबल सैनी कान्छाले सशस्त्र र प्रहरीको सेटिङमा सामान ओसारपसार गर्ने गरेका छन् । लक्ष्मीपुर बेलबिछवा नाकाबाट रुपेशले मदिरा भारत लैजाने र कपडा नेपाल भित्र्याउने गरेका छन् । सुरेशले हार्डवेयर र किराना सामान ल्याउने गरेका छन् ।

    निरज जैसवाल, वीरेन्द्र सिंह र निरजु सिंहले मदिरा भारततर्फ तस्करी गर्दैआएका छन् । यी सबै ब्यापारीसँग सेटिङका लागि सशस्त्र प्रहरी सहायक हवल्दार नगिना साहलाई लगाइएको छ । दरबन्दी औद्योगिक गुल्म पथलैया बारामा भएका साहले प्रत्येक हप्ता बिदामा गौर आएर लाइन दिएका ब्यापारीसँग दररेट अनुसार घुस संकलन गरी एसपी बस्नेतलाई बुझाउने गरेको आरोप छ । गौर गुल्ममा कार्यरत अर्का सशस्त्र प्रहरी जवान कमलेस साहले पनि घुमुवाको समेत काम गर्दैआएका छन् ।

    गौरमा संकलन गरिएको भन्सारछली गरी ल्याइएका चिनी, तेल लगायतका सामान ब्यापारी अमरेन्द्र जैसवालले दैनिक ३० देखि ४० डाँफे(सानो सवारी)मा गौर बसपार्कमा ल्याएर बसमा लोड गरी गरुडा र चन्द्रनिगाहपुर पुर्याउने गरेका छन् । प्रत्येक बसमा २ डाँफेमा ल्याएको सामान लोृड गरेर लाने गरिएको छ । एउटा डाँफेमा ३५ देखि ४० हजार रुपैयाँ बराबरको सामान अटाउँछ ।

    यसअघिका रौतहटको ११ नम्बर गणका एसपी विक्रम हुमागार्इंले गत वर्ष पक्राउ गरिएका सामानको विवरणसमेत दिएर मिडियाबाजी गर्दै सशस्त्रको बाहिनीदेखि मुख्यालयसम्मलाई भ्रम पारी मातहतका गुल्म र बीओपीबाट तस्करीको लाइन चलाएको आरोप लागेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार