Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनकपुरमा पैसा फाल्ने महिलामा कोरोना पोजेटिभः संक्रमण फैलाउन खोजेको पुष्टी


    शनिबार, बैशाख ६ २०७७
    745
    Shares
  • २ मिनेट पाठ
  • जनकपुर, ६ बैशाख । जनकपुरमा शुक्रबार बाटोमा पैसा फालेर भागेकामध्ये एकजनामा कोरोना पोजेटिभ देखिएको छ । आरडीटी टेष्टका क्रममा पैसा फाल्ने महिलामध्ये एकमा कोरोना पोजेटिभ देखिएको छ । पैसा फालेर भागेका दुवै महिला मुस्लिम समुदायका हुन् । प्रहरी कार्यालय धनुषाका अनुसार प्रादेशिक अस्पताल जनकपुरधाममा परीक्षण गर्दा उनीहरूमध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको अस्पतालका एक चिकित्सकले दिएका छन् । पैसा फाल्नेमध्ये एकजनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुले कोरोना फैलाउन खोजेको पुष्टी भएको छ ।

    उदयपुरमा शुक्रबार मस्जिदमा सामूहिक रुपमा बसेका १२ जमातीमा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु सबै भारतीय हुन् । यसअघि पर्सामा मस्जिदमा सामूहिक रुपमा बसेका ३ भारतीयमा कोरोना पोजेटिभ भेटिएको थियो भने २६जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।  

    भारतमा कोरोना संक्रमित जमातीले अस्पतालमा चिकित्सकमाथि दुब्यर्वहार गरेका समाचार आइरहेका छन् । नेपालमा पनि मस्जिद मस्जिदमा भारतीय जमातीमा कोरोना संक्रमण देखिएको छ । यसरी विदेशीलाई नेपालका मस्जिदमा ल्याएर राख्नेहरुको समेत सरकारले खोजी गर्नुपर्ने माग मस्लिम अगुवाहरुले गरेका छन् । जनकपुरको सडकमा पैसा फाल्ने महिला पनि मुस्लिम नै भएकाले कोरोना फैलाउने काममा उनीहरुको हात रहेको आरोप लगाउनेहरुलाई मसाला मिलेको छ ।  
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार