Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाको काठमाडौका ४१ वडाबाट निर्वाचित २९५ पदाधिकारी र सदस्यहरुद्वारा एकैसाथ शपथ ग्रहण


    शुक्रबार, फाल्गुन १६ २०८१
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – काठमाडौ जिल्लाका ४१ वडामा अधिवेशनबाट निर्वाचित २९५ पदाधिकारी तथा सदस्यहरूले एकैसाथ शपथ ग्रहण गरेका छन् ।

    वडा अधिवेशनको निर्वाचन आयुक्तको हैसियतले जिल्ला सभापति प्रदीप बिष्टले निर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् ।

    काठमाडौँ जिल्लाको कुल १३८ वडाहरूमध्ये ८१ वटा वडामा वडा अधिवेशन सम्पन्न भइसकेको रास्वपाले जानकारी दिएको छ ।

    शुक्रबार पार्टी केन्द्रीय कार्यालयम सम्पन्न शपथ ग्रहणमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी, संददीय दलका उपनेता विराजभक्त श्रेष्ठसहित केन्द्रीय सदस्य र सांसदहरू उपस्थित थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार