Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवाले बोलाए कांग्रेस शीर्ष नेताको बैठक, यस्ता छन् छलफलका एजेण्डा


    शुक्रबार, फाल्गुन १६ २०८१
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । बैकठ आज (शुक्रबार) अपराह्न ४ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बोलाइएको हो ।

    बैठककमा पदाधिकारी र पूर्वपदाधिकारीहरु बोलाइएको छ । बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई छिटो प्रक्रियामा लाने विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।

    बैठकका थप एजेण्डामा भ्रातृ संस्थाहरुको अधिवेशन समेत छ । कांग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिएको छ ।

    ‘संसदमा पेश भएका विधेयकलाई समयमै पारित गराउन कांग्रेसले सक्रियता लिने बारेमा छलफल हुने सचिव पौडेलले बताए । शीर्ष नेताको बैठकमा जारी भएका अध्यादेश पारित गराउने बारेमा पनि छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार