काठमाडौं – माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ फेरि तराई मधेश जागरण अभियानमा सरिक भएका छन् ।
झापाको कचनकवलबाट चार दिनअघि सुरु भएको अभियानको उद्घाटन कार्यक्रममा आफूलाई मनोवैज्ञानिक दबाब दिएर बोल्न नदिएको भन्दै अभियान छाडेर हिँडेका श्रेष्ठ बिहीबार सुनसरीमा आयोजित कार्यक्रममा सरिक भएका छन् ।
श्रेष्ठले अभियान सुरु भएको भोलिपल्टै चितवन पुगेर असन्तुष्टि व्यक्त गरेका थिए । उनले सम्बोधन गरिरहेका श्रेष्ठले नजिकै उभिएका कार्यक्रम प्रस्तोता झापा जिल्ला संयोजक राजु आचार्यसँग सवालजवाफसमेत गरेका थिए। नारायणकाजीले सम्बोधन गर्दैगर्दा उनी पोडियम नजिकै उभिएका थिए। तर, श्रेष्ठले किन उभिएको रु भन्दै प्रश्न गरेका थिए। सोही विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत स्पष्टीकरण दिनुपरेको थियो। चितवन पुगेर झापामा रिसाएको सन्दर्भमा श्रेष्ठले माफीसमेत मागेका थिए।
पार्टी अध्यक्ष प्रचण्डसहित पार्टीका सबैजसो शीर्ष नेता अभियानमा जुटेका छन्। माओवादीले यो अभियानलाई जनतासँग पुनः फर्कने अभियानको रूपमा लिएको छ। प्रचण्डले झापा र मोरङका विभिन्न स्थानमा आयोजित कार्यक्रमबाट हौसिँदै पार्टी २०६४ कै अवस्थामा पुगेको दाबी गर्ने गरेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend