काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय नेपाली समाजमा खासगरि सोसल मिडियामा घृणा, आक्रोश र गालिगलौचको अपसंस्कृति भित्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले यस्तो अपसंस्कृति कायम रहने हो भने जो नेता भएपनि र जस्तो शासन व्यवस्था आएपनि देश र समाजको पतनलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गरेका छन् ।
उनले सामाजीक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै सोसल मिडियाको गलत प्रयोग भएको बताएका हुन् । उनले लेखेका छन्- ‘आजभोली नेपाली समाजमा विशेषगरी सामाजिक संजालमा जुन प्रकारको घृणा, आक्रोस र गालिगलौचको अपसंस्कृति भित्रिएको छ, यो कायम रहने हो भने जो नेता भएपनि जस्तो शासन व्यवस्था आएपनि देश र समाजको अधपनलाई कसैले रोक्न सक्तैन । कुनै पनि देशको विकास र समृद्धिका लागि नेतृत्व प्रतिको भरोसा र भविष्यप्रतिको आशावादीता तथा काम गर्नसक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिन्छ । सबै उस्तैहुन् भन्ने भावनाले समाजलाई फगत निरासातर्फ मात्र धकेल्दछ । समाजको नेतृत्व गर्न चाहने व्यक्ति, समुह र राजनीतिक दलहरु यस्ताकुरामा गम्भीर हुनु पर्दछ ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend