Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोस्रो कोरोना संक्रमित प्रसिद्धि निको भएर फर्किन्


    शनिबार, बैशाख ६ २०७७
    630
    Shares
  • १ मिनेट पाठ
  •  

    काठमाडौं, ६ बैसाख ।

    नेपालमा शुक्रबारसम्म जम्मा १६ जनामात्र कोरोना भाइरस संक्रमित थिए । तर शुक्रबार १४ जना संक्रमित थपिएपछि ३० जना पुगेको छ । तर पहिलो कोरोना संक्रमित निको भएर फर्किसकेका छन् भने दोस्रो पनि निको भएर फर्किएकी छन् । कोरोना भाइरस संक्रमणलाई जितेर अस्पताल भर्ना भएकी दोस्रो कोरोना संक्रमित युवती आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

    कोरोना संक्रमण देखिएपछि चैत १० गते काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएकी दोस्रो संक्रमित प्रसिद्धी श्रेष्ठ पूर्ण निको भएर आज अस्पतालबाट डिस्चार्ज भएकी हुन् । तानव र चिन्तासहित अस्पताल भर्ना भएकी उनी कोरोनालाई जितेपछि आज जीतको मुस्कानसहित अस्पतालबाट विदा भएकी हुन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार