Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • अध्यादेशहरूको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय


    मंगलबार, फाल्गुन ६ २०८१
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेकपा एकीकृत समाजवादीले अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

    केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यादेशहरूको विपक्षमा उभिने निर्णय गरेको हो ।

    ‘अध्यादेशलाई समर्थन गर्न सकिने अवस्था छैन । त्यसैले प्रक्रियामा लगिए विपक्षमा मतदान गर्ने निर्णय गरेका छौँ,’ प्रचार विभाग प्रमुख एवं उपाध्यक्ष प्रकाश ज्वालाले भने ।

    उनका अनुसार देशको हितमा नभएकाले अध्यादेश अस्वीकृत गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको हो । ‘नियमित संसदमा नल्याएर अध्यादेश ल्याउनुको पछाडि गलत नियतले काम गरेको छ । अन्तर्वस्तुमा पनि सहमति जनाउन सकिने अवस्था छैन’, ज्वालाले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार