Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिलाई कुकुर लेख्ने ओली नेकपाको केन्द्रीय सदस्य, नारा लाउनेलाई धुईपत्ताल खोज्दै प्रहरी


    शनिबार, पुष १८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बीचमा सन्तोष बस्नेत र उनले सामाजिक संजालमा लेखेका अमर्यादित टिप्पणी 

    काठमाडौं । राष्ट्रपति विद्या भण्डारीका बिरुद्ध नाराबाजी गर्नेलाई प्रहरीले खोजी गरिरहेको छ । नेकपा प्रचण्ड–माधव समूहले पुस १४ मा आयोजना गरेको प्रतिनिधिसभा बिघटनको बिरोध जुलुसमा राष्ट्रप्रमुखका बिरुद्ध अमर्यादित नारा लगाउने दार्चुलाका नरबहादुर बिष्टलाई प्रहरीले खोजी गरिरहेको छ । तर नेकपा ओली समूहले राष्ट्रपतिबिरुद्ध अति तल्लोस्तरमा उत्रिएर सामाजिक संजालमा लेख्ने बाँकेका सन्तोष बस्नेतलाई जम्बो केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ । १११९ सदस्यीय ओलीको केन्द्रीय समितिमा बस्नेतलाई राखिएको छ ।

     बस्नेतले २०७७ बैशाख ८ मा राष्ट्रपति विद्या भण्डारीले २ वटा अध्यादेश फिर्ता लिएको रातोपाटी डटकमको समाचार सेयर गर्दै अति नै अमर्यादित टिप्पणी लेखेका छन् । ‘हैसियत नभएकी कुकुर’ भनेर समाचार सेयर गरेका बस्नेतले त्यही दिन प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई समेत दलाल लेखेर सामाजिक संजालमा सेयर गरेका थिए । तर तिनै बस्नेत राष्ट्रपतिको संरक्षण प्राप्त ओली नेकपाको केन्द्रीय सदस्यमा पुरस्कृत भएका छन् ।

     बस्नेत बाँकेमा गुण्डागर्दीको आरोपमा पटक पटक जेल बस्दै छुटेको रेकर्ड छ । उनी केही समयअघि मात्र जेलबाट छुटेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार