Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन- हाम्रो देश अरुले आएर बनाइदिँदैन


    सोमबार, फाल्गुन ५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफैं बनाउनुपर्नेमा जोड दिएका छन् ।

    लुम्बिनी प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले हामीले बनाउनुपर्ने बताएका हुन् ।

    ‘४० वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मेहनातले सम्पन्न भइसकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैंले देशको विकास गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठुलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुुपर्छ । उद्योगहरू स्थापनाका लगानी विस्तार गर्नुपर्छ ।’

    प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभामा सम्बोधन गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार