Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचनमा प्रचण्ड–माधवको नामोनिशान रहँदैन, ओली नेकपाको बहुमत आउँछः मन्त्री श्रेष्ठ


    शुक्रबार, पुष १७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • ललितपुर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देशमा नयाँ तानाशाह आउन थालेछि प्रधानमन्त्री केपी शर्मा ओलीले निकाय दिन संसद विघटन गर्नुपरेको स्पष्ट पारेका छन् ।

    उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउने, प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताब ल्याएर हटाउने र  प्रधानन्यायधिश चेलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने तयारी भएपछि अन्तिम अवस्थामा बाध्य भएर संसद विघटन गरी चुनाव घोषणा गर्नुपरेको बताएका छन् ।

     नेकपा ललितपुर पार्टी महानगर समितिले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अबको निर्वाचनमा नेकपाले पुनः बहुमत ल्याउने ठोकुवा गरेका छन् । उनले भने–‘देशलाई ठुलो संकटबाट जोगाउन बाध्य भएर संसद विघटन गर्नुपरेको हो, अबको निर्वाचनमा सबै एकजुट भएर लाग्नुको विकल्प छैन ।

       ‘यदि नमिलेको खण्डमा फुटेर गएका प्रचण्ड–माधव नेपाल गुटको नामोनिसाना रहँदैन । पार्र्टी फुटाएको हल्ला गर्नेहरुले अवसर नपाएर बाटोमा कुर्लिदै हिड्न थालेको आरोप लगाउदै उनले भने–‘घरमूलीलाई हटाएर बाटोमा हामी यहा छौ भन्नु हास्यास्पद हो ।

    उतले अगाडि भने–उनीहरुको आन्दोलनको कुनै औचित्या छैन । हामीले पार्टी अध्यक्ष प्रचण्डलाई हटाएका छैनौ, नेता नारायणकाजी श्रेष्ठलाई कारबाही गरेका छैनौ ।  श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारबाट हटाएका मात्र हौ ।

     हामीलाई पेरिसडाँडा चाहिदैन, धुम्बाराही र बल्खु पार्टी कार्यालय हाम्रोे हो, हाम्रो पार्टी कार्यालयमा प्रवेश गर्न दिदैनौ । ‘म यो भन्न चाहन्छु कि आफ्नो सम्पत्तिमा कसैले हस्तक्षेप गर्दैन, ललितपुर पार्टी कार्यालय तपाईहरुको हो, कसैले कब्जा गर्न खोज्यो कि त्यसलाई रोक्नुपर्छ’–उनले भने ।

    मन्त्री श्रेष्ठले भने, नेकपाको चुनाव चिन्ह सूर्य हो, हामी सूर्य चिन्हबाट चुनावमा उठ्नेछौं । उनले प्रचण्ड–माधव नेपाल र झलनाथ खनाललाई  सूर्य चिन्हबाट चुनाव लड्न दिने टिप्पणी गरे । उनीहरुलाई सूर्य चिन्ह चाहिएको हो भने एक एक थान सूर्य चिन्ह दिन्छौं त्यहीँबाट उठ्न पाउँछन् ।

    उनले जनताको बिचमा ताजा जनादेश दिएर बैशाख १७ र २७ गतेको चुनावमा खटिन सबैलाई आग्रह गरे ।  भेलामा बोल्दै गृहमन्त्री रामबहादुर थापा(बादल) ले सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रगामी कदम भएको बताए ।

    थापाले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन मार्फत आफूहरु फेरि विजयी हुने र राष्ट्र र जनताको जिम्मेवारी पूरा गर्ने  दाबी गरे  । उनले पार्टीमा विभाजन गर्नु देशी विदेशी शक्तिको हात रहेको टिप्पणी गर्दै भने–कसैलाई राष्ट्रपति र प्रधानमन्त्री पद नपाएको कारण कारण पार्टीमा समस्या आएको जिकिर गरे ।

    उनले भने, हामीले इतिहासले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्दै त्यसको लागि नेकपामा मिल्नुको विकल्प नभएको तर्क गरे । उनले प्रचण्डले जारी गरेको १९ बुँदे आरोपपत्रले देशमा संकट ल्याएको उल्लेख गर्दै उनको हदसम्मको आरोपको कारण पार्टीभित्र दुई गुट देखिएको बताए । उनले पार्टी फुट्नबाट बचाउन धेरै प्रयास ग¥यौ, उनीहरुकै कारण पार्टीभित्र दुई गुट हुन पुग्यो ।

    महानगर कमिटीले आयोजना कार्यक्रममा विघटित प्रतिनिधिसभाका सांसद नवराज सिलवाल, महानगर इन्चार्ज सुशीला नेपाल,राष्ट्रियसभा सदस्य कोमल वली,नेकपा ललितपुर जिल्ला अध्यक्ष हरिकृण ब्यन्जनकार लगायतले पार्टी विभाजन नभएकाले कार्यकर्तालाई नअलमलिन आग्रह गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार