Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •   र्‍यापिड टेस्टमा सर्लाहीका ६५ वर्षीय बृद्धमा कोरोना पोजेटिभ


    शनिबार, बैशाख ६ २०७७
    915
    Shares
  • १ मिनेट पाठ
  • सर्लाही, ६ बैशाख । सर्लाहीमा र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) गर्दा एक जनामा कोरोनाको संक्रमण देखिएको छ ।

    सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्‍यापिड टेस्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो ।

    सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय बालकलाई शुक्रबार साँझ आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पुष्टि गरे ।

    कोरोना पोजेटिभ देखिएका उक्त बालकको थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रजिअ जिसीले बताए । उनीसँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिलाई र्‍यापिड टेस्ट गर्दा नेगेटिभ देखिए पनि थप परीक्षणका लागि उनलाई पनि जनकपुर पठाइएको उनले जानकारी दिए ।

    कोरोना पोजेटिभ देखिएका ती बालक चैत २३ गते भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए । भारतबाट आएको जानकारी सुरक्षाकर्मीलाई थाहा भएपछि ती बालकलाई आफ्नो घर नपुग्दै क्वारेन्टाइनमा राखिएको थियो ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार