Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा फुटेको छैन, नेताहरु अलग्गिएर गएका हुन् : प्रधानमन्त्री ओली


    शुक्रबार, पुष १७ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपा नफुटेको दावी गरेका छन् ।

    शुक्रबार प्रवासी नेपाली एकतामञ्चको जुम भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नेताहरु दक्षिणपन्थीको इशारामा पार्टी फुटाउने खेलमा लागेकाे र नयाँ सरकार बनाउन खाेजेकाे आरोप लगाए । उनले नेकपा फुटेको नभइ केही नेताहरु अलग्गिएको मात्रै बताएका छन् ।

    उनले आफ्नो पार्टी बैधानिकताका लागि निर्वाचन आयोग नगएको र नजाने समेत बताएका छन् । ‘हामी बैधानिकतको प्रमाणपत्रका लागि निर्वाचन आयोग गएका छैनौ । हामी बैधानिक नै छौ भने किन दरखास्त हाल्न जान्छौ ?’, ओलीले प्रश्न गर्दै भने, ‘हामी किन जान्छौ ? अदालत, निर्वाचन आयोग ?’

    उनले प्रचण्ड-नेपाल पक्ष लाइन लागेर अदालत, निर्वाचन आयोग र सडकमा गएको बताए । ‘सडकमा जानु भएको छ । सत्तोसराप गरेर जनताको मन दुखाउनुभएको छ । कम्युनिस्ट आन्दोलनको हुर्मत लिने, अग्रगमनका बाटाहरु कमजोर पार्ने प्रयास बन्द गर्नुस्’ ओलीले आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार