Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • छापामार शैलीमा कृषि क्षेत्रमा विदेश लगानी खुला गर्नु राष्ट्रघाती : बाबुराम भट्टराई


    शुक्रबार, पुष १७ २०७७
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्नु राष्ट्रघाती कदम भएको बताएका छन्।

    शुक्रवार बिहान सामाजिक सञ्जालमा सरकारले कृषि क्षेत्रमा लगानी खुला गरेकोबारे आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले सरकारले छापामार शैलीमा गरेको यस्तो निर्णय जनघाती भएको र यसले खाद्यसुरक्षा धरापमा पर्ने उनले बताएका हुन् । 

    डा. भट्टराईले यस निर्णयको प्रतिरोध गर्नसमेत सबैलाई आह्वान गरेका छन्। ‘छापामार शैलीमा ओली सरकारले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने जुन निर्णय गरेको छ।

    त्यो सबै हिसाबले गलत, जनघाती, राष्ट्रघाती छ। यसले उसै थला परेको कृषि झन् बर्बाद हुनेछ,’ उनले भनेका छन्, ‘किसान वेदखल हुनेछन्; खाद्यसुरक्षा धरापमा पर्नेछ; अर्थतन्त्र अरू परनिर्भर हुनेछ। सबैले प्रतिरोध गरौं।’ पछिल्लो मन्त्रिपरिषद् बैठकले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने निर्णय गरेको हो।

    ts.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार