Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यादेश स्वीकृत गर्न एकीकृत समाजवादीसँग सहयोग माग्ने कांग्रेसको निर्णय


    शुक्रबार, फाल्गुन २ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी)लाई मनाएर राष्ट्रियसभाबाट अध्यादेश स्वीकृत गराउन पहल गर्ने निर्णय गरेको छ ।

    शुक्रबार नेता कृष्णप्रसाद सिटौलाको पहलमा सभापति सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको छलफलले राष्ट्रियसभाबाट अध्यादेश स्वीकृत गराउन एकीकृत समाजवादीसँग सहयोग माग्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

    जनता समाजवादी पार्टी (जसपा)नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णयपछि देखिएको समस्या समाधानबारे कांग्रेसका संस्थापन पक्षीय नेताहरूबीच छलफल भएको हो ।

    यी दुई दलबिना राष्ट्रियसभामा अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदा स्वीकृत हुने सम्भावना नभएपछि कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता सिटौलाको पहलमा संस्थापन पक्षीय नेताहरूले विकल्प खोजेर समस्या समाधानबारे कुराकानी गरेका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार