काठमाडाैं । आजबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू हुँदैछ । अपरान्ह ४ बजे बस्ने राष्ट्रिय सभाकाे आजकाे बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र सुरूमै पढेर सुनाउने र दलका नेताहरूलाई बोल्न समय दिनेजस्ता सम्भावित कार्यसूची तय गरिएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि यो पहिलो बैठक हो। बैठकमा प्रतिनिधि सभा भंग भएका कुरा पनि उठ्ने नेताहरूले बताएका छन्।
राष्ट्रिय सभामा ५९ जना सदस्य छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका ५० जना, नेपाली कांग्रेसका ६ जना र जनता समाजवादी पार्टीका ३ जना सदस्य छन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद छ। बेग्लाबेग्लै समूह क्रियाशील रहे पनि पार्टी औपचारिक रूपमा फुटेको भने छैन।
राष्ट्रिय सभामा नेकपाका ५० सदस्यमध्ये यसअघि भएको हस्ताक्षरमा २४ जना प्रचण्ड-नेपाल समूहमा उभिएका थिए। नेकपा उपाध्यक्षसमेत रहेका वामदेव गौतम पनि राष्ट्रिय सभा सदस्य हुन्। तर उनी ओली, प्रचण्ड-नेपाल कतै पनि खुलेका छैनन्।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ओली समूहका नेता हुन्। तर उनी निर्णायकबाहेक अरू बेला बोल्न मिल्दैन। प्रधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर गर्नेमा नेपाली कांग्रेस र जसपा पनि छन्। कांग्रेसका ६ र जसपाका ३ तथा नेकपाका प्रचण्ड-नेपाल समूहका २४ जना सरकारको विपक्षमा छन्।
५९ जनामध्ये ३३ जना सरकारको विपक्षमा उभिँदा राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्ने देखिन्छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend