काठमाडौं । ठमेलस्थित छायाँसेन्टर अगाडि प्रहरीमाथि कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमल जोशी पक्राउ परेका छन् । उनलाई प्रहरीले बिहीबार साँझ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
प्रहरी कुट्ने अन्य दुई विद्यार्थी नेता पक्राउ परिसकेका छन् । ताप्लेजुङको फुङलिङ नगरपालिका १ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २५ वर्षका दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ घर भई लैनचौरमै बस्ने २२ वर्षका रमेश फुलारालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
जोशीले प्रहरी नकुटेको भन्दै जोगाउन खोजेको भनेर मिडियामा बिरोध भएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । सीसीटीभी फुटेजमा जोशीले प्रहरी कुट्ने अन्य विद्यार्थी नेतालाई छुट्याएकाले उनलाई पक्राउ गरिएको थिएन । तर चौतर्फी बिरोध भएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका सबैलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ । माघ २४ गते उनीहरूको समूहले प्रहरी वृत्त दरबारमार्गको क्वीक रेस्पोन्स टीम (क्युआरटी) माथि आक्रमण गरेको थियो ।
यसअघि पक्राउ परेका सिग्देल र फुलारालाई अभद्र व्यवहारको कसुरमा प्रहरीले अनुसन्धान थालेको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend