Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हामी प्रश्नको कारखाना र एकताको रसायन बनौँ : सुदन किराती


    बिहिबार, फाल्गुन १ २०८१
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले सबै नेता कार्यकर्ताहरू प्रश्नको कारखाना बन्नुपर्ने बताएका छन्।

    रुकुम पश्चिममा सातौँ राष्ट्रिय सानी भेरी मोराखारा गुरिल्ला म्याराथन तथा सांस्कृतिक कार्यक्रममा नेता किरातीले कार्यकर्ताहरू एकताको रसायनसमेत बन्नुपर्ने बताए। उनले माओवादीको ‘जनयुद्ध’ र त्यसको उपलब्धिमाथि गम्भीर हिंसा भएको पनि बताए।

    ‘यतिबेला जनयुद्धको उपलब्धिमाथि गम्भीर हिंसा हुँदैछ यसको रक्षाको निम्ति सहिदको रगतले रंगिएको यो माटो जनयुद्धको केन्द्रविन्दु माथि उभिएर म भन्न चाहन्छु, हामी माओवादीहरू एउटै धनुषबाट छुटेका तीरहरू हौँ। अब हामी एक हौँ,’ उनले भने, ‘आज सम्मका हाम्रो अनुभवलाई इतिहासको दस्ताबेज बनाऊँ, हाम्रो एकताको मञ्चबाट त्यसलाई घोषणा पत्रको रूपमा जारी गरौँ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार