Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अहिलेको परिवर्तन र उपलब्धि माओवादी ‘जनयुद्ध’ कै कारणले भएको हो : नारायणकाजी श्रेष्ठ


    बिहिबार, फाल्गुन १ २०८१
    725
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी ‘जनयुद्ध’ कै कारणले अहिलेको परिवर्तन र उपलब्धि भएको तथ्यलाई कसैले इन्कार गर्न नमिल्ने बताएका छन् ।

    तत्कालीन नेकपा माओवादीको नेतृत्वमा ३० वर्षअघि भएको सशस्त्र संघर्षका सन्दर्भमा शुभकामना दिँदै भनेका छन्, ‘समग्र जनयुद्ध र यसको विभिन्न पाटापक्षका बारेमा देशभित्र र बाहिर विभिन्न कोणबाट अध्ययन, अनुसन्धान, छलफल, बहस, टिप्पणी लामो कालसम्म भई नै रहनेछन् । यो स्वाभाविक छ ।’

    नेपाली समाजका सबै उत्पीडित वर्ग र समुदायमा आफ्नो मुक्तिको निम्ति व्यापक चेतना तथा जागरणको विस्तार र आज संस्थागत भएको ऐतिहासिक परिवर्तन तथा उपलब्धिका निम्ति माओवादी जनयुद्धको नै मुख्य भूमिका रहेको बताए ।

    उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षा गर्दै उक्त कार्यभार पूरा गर्ने जिम्मेवारीको काँधमा रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार