दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालमा निर्वाचनदेखि भाग्ने र सजिलै पद खोज्ने प्रवृत्ति रहेको आरोप लगाएका छन् ।
दाङकाे घोराहीमा बिहीबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली निकट युवाहरुको भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिएर प्रचण्ड र नेपालले जनताले दिएको मतको अपमान गरेको समेत आरोप लगाए ।
राष्ट्रिय युवा संघका पूर्वअध्यक्षसमेत रहेका बस्नेतले ओलीको कदम लोकतान्त्रिक भएको दाबी गरे । दुई तिहाइको सरकारलाई काम गर्न नदिने र ताजा जनादेश लिन जान खोज्दा पनि विरोध गर्ने प्रवृत्ति ठीक नभएको उनको भनाइ थियो ।
दाहाललाई भ्रष्टाचारी र अपराधीको संज्ञा दिँदै नेता बस्नेतले यस्ता व्यक्तिलाई प्रधानमन्त्री ओलीले त्यत्तिकै नछाड्ने चेतावनी दिए । ‘यस्ता भ्रष्टाचारी र अपराधीलाई ओलीले त्यत्तिकै उन्मुक्ति दिनु हुन्न । दाहाल कारबाहीको भागिदार हुनुपर्छ । उनले गरेको अपराध लुक्न सक्दैन,’ उनले भने, ‘माधव नेपालले पनि समयमै दाहाललाई बुझ्न जरुरी छ । आफ्नै सरकार र पार्टी भत्काउने व्यक्तिलाई सबैले चिन्नुपर्छ ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend