Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विधिको शासन नसिकाउन रास्वपालाई काँग्रेस सांसदको आग्रह


    मंगलबार, माघ २९ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले आफूहरूलाई विधिको शासन नसिकाउन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ इंगित गर्दै यस्तो बताएका हुन् ।

    आफ्नो पार्टीका नेताहरू थुनामा हुँदा कहिल्यै पनि अदालतकै अगाडि नारा लगाउने र प्रदर्शन गर्नेजस्ता कार्य आफ्नो पार्टीबाट नभएको उनको भनाइ थियो ।

    ‘हाम्रो पार्टीको नेता थुनामा हुँदा हामीले कहिल्यै अदालतको अगाडि नारा लगाएनौँ । कहिल्यै विरोध प्रदर्शन गरेनौँ । कहिले वकिललाई पिट्न गएनौँ,’ उनले भने, ‘तर आज कतिपय लोकप्रिय पार्टीले अदालतको अगाडि नारा, जुलुस गराएका छन् । वकिललाई पनि पिट्न सिकाएका छन् । त्यसैले विधिको शासनको बारेमा हामीलाई कसैले नसिकाओस् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार