Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची


    मंगलबार, माघ २९ २०८१
    505
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – संघीय संसद् प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ ।

    प्रतिनिधि सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी ९नियमन० विधेयक, २०८१ लाई प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    यस्तै, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार