Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री ओलीले संविधान खारेज गर्न चाहेको प्रचण्डको आरोप


    सोमबार, माघ २८ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको बताएका छन् । आज (सोमबार) जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले संविधान नै खारेज गर्न चाहेको बताएका हुन् ।

    अध्यक्ष प्रचण्डले यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि त्यही भएको अध्यक्ष प्रचण्डले दाबी गरे । उनले आफूले मधेशी जनताको माग बमोजिम दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा रोक्ने पनि वर्तमान प्रधानमन्त्री ओली नै भएको बताए । ‘मैले मधेशी जनताका लागि दुईपटक संसदमा संविधान संशोधनको प्रस्ताव लगेको हो । तर, केपी ओली त्यस्ता नेता हुन् जसले रोके’, उनले भने ।

    प्रचण्डले जनता समाजवादी पार्टी नेपाल मन्त्री र सरकारको लोभमा अध्यादेशको पक्षमा नजाने र अध्यादेश स्वीकृत नहुने दाबी समेत गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार