Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बाबुराम भट्टराईको प्रस्ताव


    सोमबार, माघ २८ २०८१
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा। बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन् ।

    काठमाडौँमा जारी पार्टीको प्रथम महाधिवेशनमा संयोजक भट्टराईले आफू नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर वैचारिक नेताको भूमिकामा बस्न चाहेको बताएका हुन् ।

    प्रवक्ता शर्माका अनुसार सोमबार बिहान बसेको सचिवालय बैठकमा पनि भट्टराईले सोही प्रस्ताव अगाडि सारेका छन् । सचिवालय बैठकमा अधिकांश नेताहरूले वैकल्पिक शक्तिहरू ध्रुवीकरणको क्रममा नेतृत्व हस्तान्तरण गरेर वैचारिक नेताको भूमिकामा बस्न प्रस्ताव गरेपछि भट्टराई अध्यक्षमा उम्मेदवारी दिन तयार भएको प्रवक्ता शर्माले जानकारी दिए ।

    ‘हामीले बरु विशेष महाधिवेशन वा पार्टी ध्रुवीकरणको प्रक्रियामा नेतृत्व हस्तान्तरण उपयुक्त हुन्छ, अहिले विकल्प नखोज्न जोड दियौँ,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार