Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • माओवादीबाट ३ नेता पदमुक्त, केन्द्रीय कमिटीमा ७ थपिए


    सोमबार, माघ २८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेकपा माओवादी केन्द्रले तीन जना प्रदेशस्तरीय नेतालाई पदमुक्त गरेको छ । पार्टीले गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल, दलमायाँ रोका र केशव कुँवरलाई पदमुक्त गरेको हो ।

    माओवादीले मातहतका कमिटीमा सर्कुलर पठाउँदै नेता हमाल र रोका निष्क्रिय रहेको र कुँवर बैदेशिक रोजगारीमा गएकाले पदमुक्त गरिएको बताएको छ ।

    यसैगरी गण्डकी प्रदेशअन्तर्गतकै रेशमबहादुर जुग्जाली मगर (म्याग्दी), धनबहादुर बिक (बाग्लुङ) र मदन आले (तनहुँ)लाई वैकल्पिक केन्द्रीय सदस्यको रूपमा मनोनयन गरिएको छ ।

    यसैगरी पार्टी एकता प्रक्रियाबाट माओवादीमा जोडिएका कृष्णराज न्यौपाने ‘लब्ली’ (चितवन), बद्री तिमिल्सिना (चितवन) र खगेन्द्र छन्त्याल (बाग्लुङ)लाई पनि वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । यस्तै वीरेन्द्र बस्नेत (झापा)लाई पनि वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार