Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काेराेना नियन्त्रणमा लाग्दा विकास निर्माणका काममा बाधा पुग्योः मन्त्री ढकाल


    बिहिबार, पुष १६ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले काेराेनाले विकास निर्माण लगायतका कामहरु ओझेलमा परेकाे बताएका छन् । 

    बिहीबार नेपाल पर्यटन बोर्डको २२औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री ढकालले कोभिड-१९ बाट मानव जीवन जोगाउन सरकारको ध्यान केन्द्रीत हुँदा विकास निर्माण, पर्यटन लगायतका क्षेत्रका कार्यक्रमहरु कार्यान्वन गर्न नसकिएको बताए ।

    साथै उनले काेराेनाका कारण पर्यटन वर्ष २०२० स्थगित गर्नुपरेको र यसले पर्यटन क्षेत्रमा ठूलो क्षति निम्त्याएको बताए ।

    कोभिडका कारण ठप्प भएको पर्यटन क्षेत्रको विकासका लागि सरकारले गर्न सक्ने कामहरु गर्न मन्त्रालय प्रतिवद्ध रहेको उनकाे भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार