Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्ट्रिय सभाको भाेलिकाे बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने


    बिहिबार, पुष १६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । भाेलिबाट सुरु हुने रास्ट्रिय सभाको हिउँदे अधिवेशनको पहिलो सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

    सभाको तयारीका लागि रास्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा आज बसेको कार्यब्यवस्था समितिको बैठकले कार्यसूची तय गरेको हो ।

    भोलिको बैठकमा दलका नेताहरूले सम्बोधन गर्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । गत पुस १२ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको बैठक आह्वान गरेकी थिइन् ।

    राष्ट्रियसभामा यतिबेला १८ वटा विधेयक प्रक्रियामा रहेका छन् । यीमध्ये केही बिधेयक दर्ता गरिएको अवस्थामा रहेका छन् भने १० वटा विधेयक संसदीय समितिमा छलफलका क्रममा रहेका छन् । अन्य ८ वटा विधेयकहरु दर्तापछि केही अध्ययनका लागि वितरण भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार