काठमाडौं । काठमाडौंबाट सात जना गुन्डा पक्राउ परेका छन्। केक काट्ने बहानामा हतियार प्रदर्शन गर्दै सामाजिक सञ्जालमार्फत् आतंक फैलाएको आरोपमा प्रहरीले गुन्डाहरू पक्राउ गरेको हो ।
बुधबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका घर भई काठमाडौं-२६ पवित्रनगर बस्ने २९ वर्षीय रोमन आले, तनहुँ भानु नगरपालिका-६ घर भई काठमाडौं पवित्रनगर बस्ने ३६ वर्षीय मनोहर थापामगर, गोरखा आरुघाट गाउँपालिका-७ घर भई पवित्रनगर नै बस्ने २७ वर्षीय सुमन पराजुली रहेका छन्।
यस्तै, काभ्रे रोशी गाउँपालिका-७ घर भई भक्तपुर सूर्यविनायक बस्ने २६ वर्षीय रोशन तामाङ, तनहुँ भानु नगरपालिका-११ घर भई पवित्रनगर बस्ने ३९ वर्षीय गुणबहादुर गुरुङ, गोरखा आरुघाट गाउँपालिका-६ घर भई पवित्रनगर बस्ने २९ वर्षीय पदमबहादुर मगर र दोलखा बैतेश्वर गाउँपालिका३ घर भई काठमाडौं-७ सुकेधारा बस्ने ३९ वर्षीय गोपाल मोक्तान रहेका छन्।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार १०/१५ जनाको समूहमा रहेका गुन्डाहरूले टिकटकलगायत सामाजिक सञ्जालमा तरबार र खुकुरीले केक काटेको भिडिओ पोष्ट गरेका थिए।
‘उनीहरूको विगतको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको छ, आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ,’ एसएसपी बस्नेतले भने, ‘गुन्डाहरूविरूद्ध हाम्रो अपरेसन सुरू भएको छ।’
गत शुक्रबार नयाँ कार्यालय प्रमुखको रुपमा हाजिर भएपछि बस्नेतले राजधानीमा गुन्डाहरूको गतिविधिमाथि निगरानी बढाइएको बताएका थिए।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend