Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • १ करोड ९५ लाखको बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ


    मंगलबार, माघ २२ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं  । बैंकिङ कुसरका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-५ घर भई हाल ललितपुर महानगरपालिका-१० धापाखेल बस्ने ४४ वर्षीय गमबहादुर पौडेल रहेका छन् ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ठिमी नगरपालिका-३ भक्तपुरबाट पक्राउ गरेको हो ।

    उनीविरूद्ध १ करोड ९५ लाख रुपैयाँ बिगोको बैंकिङ कसुरको जाहेरी रहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।

    उनीविरूद्ध अन्य प्रहरी कार्यालयहरूमासमेत चार वटा मुद्दा दर्ता रहेको र ती मुद्दामा उनी फरार रहेको पाइएको आचार्यले बताए ।

    पौडेललाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

    यस्तै, बैंकिङ कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेकी काठमाडौं-१६ पकनाजोलकी ४४ वर्षीया भवानी तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ ।

    उनलाई आइतबार साँझ पकनाजोलबाट पक्राउ गरी कारबाहीको लागि प्रहरी बृत्त सिंहदरबारमा पठाइएको उक्त कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार