Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अखिल क्रान्तिकारीका प्रदेश अध्यक्षलाई केन्द्रको उपाध्यक्ष सरहको वरीयता दिन माग


    मंगलबार, माघ २२ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – लामो विवादका बीच ३२ वर्षे उमेर हद लगाएर केन्द्रीय नेतृत्व चयन गरेको अखिल क्रान्तिकारीमा फेरि अर्को नयाँ लफडा सुरु भएको छ ।

    केन्द्रीय अध्यक्षभन्दा ‘सिनियर’ प्रदेश अध्यक्षहरुले आफूहरुमाथि अन्याय भएको गुनासो गर्दै वरीयता मिलाउन माग गरेका छन् र त्यो नमिलेसम्म कुनै पनि कार्यक्रममा सहभागी नहुने चेतावनी दिएका छन् ।

    प्रदेश अध्यक्षहरुले फ्र्याक्सन इञ्चार्जलाई पत्र पठाउँदै विधानमा भएको नीतिगत त्रुटि सच्चाउन माग गरेका हुन् । अखिल क्रान्तिकारीका ९ मध्ये ६ वटा प्रदेश अध्यक्षहरुले संयुक्त पत्र लेखेर विधान नसच्याए पदाधिकारी बैठक, सपथग्रहण कार्यक्रम, स्ववियु कार्यशाला गोष्ठी लगायत कुनै पनि कार्यक्रममा सहभागी नहुने र केन्द्रीय पदाधिकारीहरूलाई प्रदेशको कुनै पनि कार्यक्रममा सहभागी नगराउने चेतावनी दिएका छन् ।

    अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनमा ३२ वर्षे उमेर हद लागू गरेर अध्यक्षमा विजय सापकोटा नेतृत्वको टोली निर्वाचित भएको थियो । केन्द्रको नेतृत्व चयन हुनुभन्दा अगाडि उमेर हद नलगाई क्याम्पस इकाइ समिति, स्थानीय तहका सम्मेलन, जिल्ला सम्मेलन, प्रदेश सम्मेलन सम्पन्न भएका थिए ।

    उमेरहदबारे निर्णय स्पष्ट नभएको अवस्थामा उमेर र क्रियाशीलता दुवै आधारमा ‘सिनियर’ नेताहरु प्रदेश अध्यक्ष बनेका थिए । अहिले केन्द्रमा ‘जुनियर’ नेतृत्व आएपछि प्रदेश अध्यक्षहरुले वरीयताक्रम मिलाउन माग गरेका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार