Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सातै प्रदेशका मन्त्रीसँग भूसालको भिडियो वार्ताः कृषि र पशुजन्य क्षतिको राहत दिने समझदारी


    शुक्रबार, बैशाख ५ २०७७
    1.5K
    Shares
  • २ मिनेट पाठ
  •  काठमाडौं, ५ बैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसाल र सातै प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्रीज्यूहरुबीच भिडियो बैठक (कन्फ्रेन्स) सम्पन्न भएको छ । बैठकमा प्रदेश सरकारका मन्त्रीहरुसँग विभिन्न समझदारी भएको छ ।
     बन्दाबन्दीले कृषि तथा पशुपन्छी क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न सबै निकायहरुसँग समन्वय गरिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सबै प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्रालयको द्रुत कार्य समूहबीच अझ बढी समन्वय गर्ने समझदारी भएको छ । 

    त्यस्तै, कृषि तथा पशुजन्य वस्तुको उत्पादन, ढुवानी र बिक्रीवितरणलाई अझै सहज बनाउन संघीय कृषि मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गर्ने छ ।

     प्रदेशमा भएका कृषि तथा पशुजन्य क्षतिको आँकलन र राहतको प्रस्ताव भोलि शनिबारसम्म सबै प्रदेश कृषि मन्त्रालयले संघीय कृषि मन्त्रालयमा उपलब्ध गराउने । उक्त राहत प्रस्तावको निश्चित प्रतिशत संघीय कृषि मन्त्रालयले बहन गर्नेगरि राहत प्याकेज घोषणा गर्ने । प्रदेश सरकारले आफ्नो आवश्यकता अनुसार सो प्याकेजमा थप गरी किसानलाई राहत दिने ।

     आगामी बर्षको बजेटमा समावेश गर्नुपर्ने कार्यक्रमहरु र त्यसमा संघ र प्रदेशले गर्ने बजेट विनियोजनका सन्दर्भमा प्रदेशले योजनाका खाका संघ सरकारलाई चाँडै उपलब्ध गराउने ।

    सबै प्रदेश सरकारको अबको बजेट कम्तीमा २० प्रतिशत कृषिमा विनियोजन गर्न प्रदेश मन्त्रीले पहल गर्ने । सोही अनुपातमा स्थानीय सरकारलाई पनि कृषि बजेटका लागि समन्वय गर्ने समझदारी संघीय सरकाको कृषि मन्त्रालय र प्रदेशका कृषि मन्त्रालयबीच भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार