काठमाडौं । ललितपुरमा दुई वटा घर भाडामा लिएर एक गिरोहले अनलाइन जुवाको खेलाएर ठूलो परिमाणको रकम भारत पुर्याएको पाइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति छापा मारेर गिरोहका जना भारतीय र १४ जना नेपालीलाई पक्राउ गरेको छ। यसक्रममा अनलाइन जुवा खेलाउनेले भारतीय बैंकमा पैसा निक्षेप गराएको र त्यतैबाट निकालेको समेत तथ्य प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा २२ वर्षीय भारतीय नागरिक अजित कुमार, मुकेश मण्डल, मनोजकुमार बजाज, सुमित खत्री, प्रवातकुमार साह, ओमप्रकाश खत्री, रविप्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डेय र मनोज कुमार रहेका छन्।
ती भारतीय नागरिक उत्तर प्रदेश, उत्तराखण्ड, बिहार र मध्य प्रदेशका हुन्।
यसैगरी, प्रहरीले अनलाइन जुवामा संलग्न १४ जना नेपालीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा टंकबहादुर पछाई, तेज बोगटी, लक्ष्मण विष्ट, अविनाश जिसी, हरिबहादुर जिसी, समिर खड्का, विक्रम पछाई, अशोक जिसी भीष्म वली रहेका छन्।
यसैगरी, हेमन्त लोहनी गौतम, गोपाल विष्ट, सुजन जिसी, हेमन्त धामी र रविन विष्ट रहेका छन्। उनीहरू प्यूठान, डोटी र सुर्खेतका छन्। पक्राउ परेकाहरू अधिकांश नेपाली प्यूठानका रहेको प्रहरीले जनाएको छ।
उनीहरूले ललितपुर महानगरपालिका-२ सानेपामा दुई वटा घर भाडामा लिएका थिए। उनीहरूले त्यहाँ कार्यालय नै खोलेका थिए।
उनीहरूले व्यावसायिक तरिकाले अनलाइन जुवा खेल्ने/खेलाउने गरेको पाइएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले बताए।
बस्नेतका अनुसार उनीहरूले बेटिङ एप्लिकेसनमार्फत अनलाइन जुवा खेलाउने गरेको भेटिएको छ। उनीहरूले आठ वटाभन्दा बढी बेटिङ साइट प्रयोग गरेर अनलाइन जुवा खेलाउँथे।
‘बेटिङ खेल्ने भारतीय एजेन्टसँग ह्वाट्सएपमार्फत् सम्पर्क गराउने गरेको अनुसन्धानमा खुलेको छ,’ बस्नेतले भने।
पक्राउ परेकाले अनलाइन/अफलाइन दुबै प्रकृतिको जुवा खेलाउने गरेका थिए। हारजित भएको रकम भारतका विभिन्न बैंक खाताबाटै निक्षेप गर्ने गरेको र झिक्ने गरेको पाइएको बस्नेतले बताए।
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाले ३ अर्ब ४ करोड ७३ लाख ६५ हजार ६१२ रुपैयाँ बराबरको कारोबार गरेको बस्नेतले बताए।
प्रहरीसँगको प्रारम्भिक बयानमा पक्राउ परेकाले विगत छ-सात महिनायता अनलाइन जुवा खेलाएको उल्लेख गरेका छन्।
अनलाइन जुवाका लागि १ लाख ६० हजार र १ लाख २० हजारमा सानेपामा उनीहरूले भाडामा घर लिएको पाइएको छ। त्यहीँ हिसाब-किताब गर्ने र नेपालीहरूलाई भने मासिक ३० हजार रुपैयाँ तलब दिएर काममा खटाएको पाइएको एसएसपी बस्नेतले बताए।
नीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२९ अन्तर्गत जुवा खेल्न, सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय ऐन २०१९ अनुसार थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।
दुई वटा घरबाट पक्राउ परेकाहरूले प्रयोग गरिरहेका सामग्री बरामद गरिएको छ। ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान एटिएम, सिमकार्य ८८ थान, चेकबुक १२ थान, भारतीय आधार कार्ड ८ थान र राहदानी ६ थान बरामद भएको प्रहरीले जनाएको छ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend