Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • भीम रावलको अभियानमा सक्रिय रहेको भन्‍दै ५ जना नेता एमालेबाट निष्कासित


    आइतबार, माघ २० २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी – नेकपा एमाले सुदूरपश्चिमले भीम रावलको मातृभूमि जागरण अभियानमा सक्रिय रहेको भन्‍दै प्रदेश सदस्‍यसहित ५ जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ ।

    एमाले सुदूरपश्चिम प्रदेश सचिवालय बैठकले प्रदेश कमिटी सदस्य जंगबहादुर बिकसहित ५ जना नेतालाई निष्कासित गरेको प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए ।

    उनका अनुसार पार्टीबाट निष्कासनमा पर्नेमा सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का, प्रदेश कमिटी सदस्य जंगबहादुर बिक, हर्कबहादुर कुँवर, दुधकला विष्ट र केशर मियाँ रहेका छन् ।

    उनीहरूमध्ये खड्काले यसअघि चित्तबुझ्दो जवाफ दिएकोले कारवाही नगरिएको तर पुन: रावलको अभियानमा संलग्न देखिएकोले निष्कासन गरिएको एमालेले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार