Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीका वरिपरिका मानिस उठ्तीपुठ्तीमा, राजश्व अनुसन्धान व्यापारीलाई थर्काउँदै पैसा उठाउँछ : लिङ्देन


    शुक्रबार, माघ १८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमा लागिरहेको बताएका छन् ।

    शुक्रबार सुरू भएको प्रतिनिधिसभाको पाँचौं अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले प्रधानमन्त्री सूचनाबाट बिमुख रहेको बताए ।

    विपक्षी दलहरूको प्रतिनिधित्व गर्दै उनले सम्बोधनमा भने, ‘तपाईंले भ्रष्टाचार गर्नुभएको छ कि छैन मलाई त्यो थाहा छैन, तर तपाईंको रिपरिका मानिसहरूले भ्रष्टाचार गरिरहेका छन्, भ्रष्टाचार चरम रुपमा छ ।’

    लिङ्देनले प्रधानमन्त्रीको वरिपरिका मानिसहरू भ्रष्टाचार र उठ्ती-पुठ्तीमा संलग्न रहेको बताए । उनले निर्माण व्यवसायीलाई सरकारले दिने भुक्तानीमा समेत रकम उठाइरहेको बताए ।

    लिङ्देनले प्रधानमन्त्री अन्तर्गतको राजश्व अनुसन्धान विभागले व्यापारीलाई सताएर पैसा उठाइरहेको बताए ।

    ‘कुनै अरू नेतालाई नभन्नु है दु:ख पाइएला, व्यापारीलाई सताएर पैसा उठाएको कुरा सबैलाई थाहा छ,’ उनले भने, ‘अहिले कुन व्यापारीको फर्ममा छापा मार्‍यो भने बिल नमिलेको सामान छैन होला ।’

    बोर्डरबाट तस्करीको सामान छोडिने र नेपालपट्टी आएपछि छापा मारेर अनि सल्लाह गर्न आउ भन्ने अहिले पनि भइरहेको लिङ्देनले बताए ।

    ‘प्रधानमन्त्रीका मान्छे ६ महिने कार्यकालमा विभिन्न पदहरूमा करोड-करोड अफर गरिरहेका छन्। प्रधानमन्त्रीको वरिपरिकाले गरिरहेका छन,’ उनले भने ।

    उनले मुलुकमा सरकार भएको अनुभूति नै नभएको बताए। उनले निराश जनलाई आशा जगाउन, रोजगारी सिर्जनाका निम्ति सरकारले के गर्‍यो? भन्दै प्रश्न गरे ।

    ‘देशमा विदेशी मुद्रा सञ्चिति व्यापाक छ, भाइ छोरा बेचेर आएको पैसा होइन त्यो?,’ उनले भने, ‘त्यसरी आएको पैसा पनि खर्च गर्न सकेको छैन भनुम् न। कांग्रेस-एमाले ठूला पार्टीले बनाएको सरकार सुध्रियोस् ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार