Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद बैठक बहिस्कार गरेर बाहिरिए रास्वपाका सांसद


    शुक्रबार, माघ १८ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् । लामो समयसम्म पनि उभिएरै उनीहरूले विरोध जनाउँदा पनि सभामुखले बोल्ने मौका नदिएपछि उनीहरू बैठक बहिस्कार गरेर बाहिरिएका हुन् ।

    दिउँसो १ बजेदेखि बैठक सुरु भए पनि रास्वपाका सांसदले करिव आधा घण्टा उभिएरै विरोध जनाएका थिए । सभामुखले धेरै पटक बस्नका लागि आग्रह गर्दा पनि नमानेपछि बस्नका लागि आदेश समेत दिएका थिए ।

    तर, रास्वपाका सांसदले विशेष समय माग्दै बोल्न पाउनुपर्ने अडान लिएर उभिएरै विरोध जनाएका थिए । सभामुखले रास्वपाका सांसदलाई बोल्न नदिएरै कार्यसूची अनुसार बैठक अघि बढाएपछि रास्वपाका सांसद बैठक बहिस्कार गरेर बाहिरिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार