Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभामा रास्वपाको विरोध, अवरोधबीच सभामुखले अघि बढाए संसद्को कार्यसूची


    शुक्रबार, माघ १८ २०८१
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको हो ।

    यसअघि सभामुख देवराज घिमिरेलाई भेटेर रास्वपा सभापति रवि लामिछानेले आफ्नो निलम्बन फुकुवाको माग गरेका थिए । कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि रास्वपाले सो विषय उठाएको थियो । उक्त विषयबारे ध्यानाकर्षण गर्दै सभामुख घिमिरेले निरन्तर संसद् अवरोध नगर्न आग्रह गरिरहेका छन् ।

    तर, रास्वपा सांसदहरूले बैठक अवरोध गरिरहेका छन् । रास्वपाको अवरोधबीच सभामुख घिमिरेले संसद्को कार्यसूची अनुसार सदन अघि बढाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार