Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेशकेन्द्रित ८ दलको कार्यदलको पहिलो बैठक बस्दै


    शुक्रबार, माघ १८ २०८१
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – मधेशकेन्द्रित आठ दलको कार्यदलको पहिलो बैठक आज बस्दैछ । हिजो (बिहीबार) सिंहदरबारमा बसेको मधेशकेन्द्रित दलको बैठकले कार्यदल बनाएको थियो ।

    बिहीबार दिउँसो ३ बजे सिंहदरबारस्थित लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बैठक बस्ने कार्यक्रम तय भएको छ ।

    कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी केशव झा मेहता, जनता प्रगतिशीलबाट शिवजि यादव र लोसपाबाट ब्रजेश सिंह छन् ।

    कार्यदलले साझा एजेण्डा तय गर्न मस्यौदा बनाउने, कार्यदलमा भएका विषय दलमा राख्ने, विधेयकमा समान धारणा लगातयका कार्य गर्ने निर्णय भएको थियो ।

    कार्यदलले गरेका निर्णयमाथि सबै दलका अध्यक्षहरू बसेर थप निर्णय लिने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार