Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘संविधानको रक्षाका लागि आन्दोलन’


    मंगलबार, पुष १४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले अहिलेको विरोध संविधानको रक्षाका लागि भएको बताउनुभएको छ ।

    नेकपा कैलालीले आज प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उहाँले विरोध पद वा स्वार्थका लागि नभई नेपालको संविधानको रक्षाका लागि भएको दावी गर्नुभयो ।

    नेता रावलले दृढ अठोटका साथ अविलचित भएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले नेकपाको बहुमत सचिवालय, बहुमत स्थायी कमिटी रहेको जिकिर गर्नुभयो ।

    नेता रावलले भन्नुभयो, “केन्द्रीय कमिटी मात्र नभई सातै प्रदेशका अत्यधिक कार्यकर्ता र जनता पनि छन्, विश्वासका साथ अगाडि बढ्नुहोला ।” 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार