काठमाडौँ – मधेसवादी दलका बिचमा सहकार्य र मोर्चाबन्दीका लागि आज कार्यदलहरूको बैठक बस्ने भएको छ । सिंहदरबारमा बस्न गइरहेको बैठकमा मधेस केन्द्रित आठवटा दलको सहभागिता रहने बताइएको छ । बैठक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले बोलाएको हो ।
जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । सोही वार्ता समितिले अन्य दलका वार्ता समितिहरूसँग छलफलका लागि बैठक बोलाएको छ ।
बैठकमा जसपा नेपाल, जसपा, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, तमलोपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टीलाई बोलाइएको जसपा नेपालले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीबाहेक सबै दलले छुट्टा छुट्टै वार्ता समिति गठन गरेका छन् ।
गत सोमवार पनि वार्ता समितिहरूको बैठक बसेको थियो । त्यो दिनको बैठकले मोर्चा बन्दी वा सहकार्यका लागि साझा दस्ताबेज बनाउने सहमति भएको थियो । हरेक दलबाट एक–एक जना राखेर दस्ताबेज बनाउने कार्यदल गठन गर्ने सहमति गरेको थियो । ती विषयहरूमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend