Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीलाई प्रचण्डले दिए यस्ताे चेतावनी


    मंगलबार, पुष १४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिको गोटी बनेको आरोप लगाएका छन् ।

    संसद विघटनविरुद्ध निर्मम संघर्ष गर्नु परेपनि तयार रहेको भन्दै उनले भने, ‘भोलि नै अर्को चरणको कार्यक्रमको तयारी गर्दैछौं । यो भन्दा अलि कडा । प्रधानमन्त्री वा अरु भ्रममा नबस्नुहोला । सिधासिधा कुरा हो, हामी अन्तिम समयसम्म लड्छौं ।’

    संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले अघि भने, ‘तपाईहरुले कति गर्न सक्ने हो, तयारी गरे हुन्छ । हामी छाड्ने बाला छैनौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार