Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • रास्वपाले अध्यादेशविरुद्ध संसद्‍मा अस्वीकार प्रस्ताव ल्याउने


    बुधबार, माघ १६ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएका अध्यादेशका विरुद्ध उभिने निर्णय गरेको छ। आज (बुधबार) पार्टी कार्यालय बनस्थलिमा बसेको सचिवालय बैठकले ेसंसदमा सरकारले ल्याएका अध्यादेशका विरुद्ध स्वीकार प्रस्ताव ल्याउने निर्णय गरेको हो ।

    संसद्को हिउँदे अधिवेशनमा जाँदा सरकारले सदनलाई छलेर अध्यादेश ल्याउने काम गरेको प्रमुख सचेतक सन्तोष परियाले बताए । , ‘सदनमा विचाराधीन विधेयकलाई समेत गरी ६ वटा अध्यादेश पेस गरेको छ। ती अध्यादेश अस्वीकारको प्रस्ताव गर्ने निर्णय गरेको छ’ उनले भने ।

    त्यस्तै बैठकले पार्टी सभापति रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइ सांसदबाट निलम्बन गर्ने निर्णयको रास्वपाले बिरोध गर्ने निर्णय समेत गरेको छ।

    सरकारले राजनीतिक प्रतिसोधका आधारमा प्रतिनिधिसभा नियमावली सम्पत्ति शुद्धीकरणसमेतको मुद्दा हालेर सांसद पद निलम्बन गरेको ठहर गरेको आफूहरुले गरेको परियारले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार