Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • समाजवादी मोर्चाको बैठक आलोकनगरमा जारी


    बुधबार, माघ १६ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – समाजवादी मोर्चाको बैठक अहिले बसिरहेको छ । बैठक आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा केहीबेर अघि सुरु भएको हो ।

    पछिल्लो समसामयिक राजनीतिक परिवेशका बारेमा छलफलका लागि बैठक बसेको बताइएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरूको सहभागिता रहेको छ ।

    लामो समयदेखि निष्क्रिय रहेको मोर्चा नेकपा माओवादीका अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालको सक्रियता ब्युँताइएको हो । मोर्चा ब्यूँत्याइएपछि सक्रियता बढ्न थालेको छ ।

    यद्यपि नेकपा एसकै सम्मानित नेता झलनाथ खनालले यसको औचित्य नरहेको टिप्पणी गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार